बैंकर्स संघले भन्यो- सकेसम्म बैंकमा नआउनू, अनलाईन कारोबार गर्नू
कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एशोसिएशनले ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका छन् ।
कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संभावित जोखिम न्यूनकरण गर्न नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एशोसिएशनले ग्राहकहरुलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका छन् ।
‘कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।
शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट/मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवार, कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने जनाएका छन् ।
त्यसैगरी, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने छैन ।
उपरोक्त सेवा/सुबिधाहरुमा शुल्क नलाग्ने व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि उपलब्ध हुने जारी विज्ञप्तीमा उल्लेख छ ।
‘इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी, अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजानु हुन, भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन÷जोगाउनका निमित्त सहयोग गर्नका लागि ग्राहकहरुलाई अनुरोध गरेको छ ।
उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६/१२/०५ मा बसेको निर्णय अनुसार एकपटकमा २५ जना भन्दा बढी जम्मा नहुन, अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न, लगायत बिभिन्न निर्देशन दिइसकेको छ ।

No comments:
Post a Comment